विदेशबाट नेपालमा आएका जङ्गली चराबाट बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का

२८ फाल्गुन, काठमाडाैँ । नेपालमा विदेशबाट आएका जङ्गली चराबाट बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।

अनुगमन टोलीको प्रतिवेदनले नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको पशु स्वास्थ्यसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो ।

साइबेरियालगायत ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुका प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने उहाँको भनाइ छ ।

काठमाडाैँको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत सङ्क्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको उहाँको भनाइ छ ।

अहिले सङ्क्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्रयोगशालामा नियमित परीक्षणको काम भइरहेको समेत उहाँको भनाइ छ । अहिले बर्ड फ्लु नियन्त्रण नै गर्न नसकिने गरेर नफैलिएको तर जैविक सुरक्षामा भने ध्यान दिन पशु चिकित्सकहरुको सुझाव छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment