‘प्रचण्ड’ काे हतियार बने बादलद्वारा माओवादी फुटाउने खेल सुरु

२६ फागुन, काठमाडौं । स्रोतकाअनुसार बादलसँगको छलफलमा माओवादी केन्द्र फुटाउनेबारे हरिबोल गजुरेल, जनार्दन शर्मा, देवेन्द्र पौडेल छन् । ओली सरकारको नेतृत्वमा माओवादी केन्द्रबाट पाँच जना मन्त्री छन् ।

गृहमन्त्री बादलसहित उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरिशंकर चौधरी छन् । उनीहरु सांसद हुन् । खानेपानीमन्त्री मणिचन्द्र थापा र दावा लामा पनि माओवादी केन्द्रबाट मन्त्री छन् । तर, उनीहरु सांसद होईनन् ।

दल विभाजनको लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४०/४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान छ । माओवादी केन्द्रसँग ५३ सांसद छन् । दल विभाजनको लागि २२ सांसद आवश्यक पर्छ । बादलले त्यसको लागि प्रयत्न गरिरहेको बुझिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment