बार्सिलोना र पिएसजी भिड्दै : खेल जित्नै पर्ने दवावमा बार्सा


२६ फागुन, एजेन्सी । युरोपको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत आज राति स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी भिड्दै छन् ।

खेल नेपाली समय अनुसार राति १ः४५ मा पिएसजिको घरेलु मैदानमा हुदैछ ।
पहिलो लेगमा ४–१ गोलको सानदार जीत निकालेको पिएसजी उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । भने बार्सिलोना जीत निकाल्नै पर्ने दबाबका साथ मैदानमा उत्रिने छ ।

ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन पिएसजी स्टार नेइमार जुनियर आज राति बार्सिलोना बिरुद्धको खेलमा उपलब्ध नहुने भएका छन ।
उनी फ्रेन्च लीग अन्तर्गत केइन सँग खेल्ने क्रममा घाइते भएका थिए । विपक्षी खेलाडीले खराब फउल गरेपछि उनले मैदानमै आँसु झारेका थिए ।
प्रशिक्षक माउरिन्हो पाटिचिन्योले नेइमार अँझै केहि समय मैदान बाहिर रहने जानकारी दिएका छन् ।
उनले भने “हामीसंग नेइमार उपलब्ध नभएपनि अन्य खेलाडीले रामाे पर्दशन गर्नेमा म आसाबादी छु ।”



मल्टिमिडिया ग्यालरी

barcadigitalkhabarpsg
Comments (0)
Add Comment