राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना

२६ फाल्गुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मिश्र राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए। यस्तै हाल कार्यकारी निर्देशक रहेकी ढुंगाना राष्ट्र बैंक व्यवस्थापन विभाग प्रमुख थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment