टुँडीखेलबाट उडेको सेनाको प्याराग्लाइडिङ पद्मोदयमा दुर्घटना

२५ फाल्गुन, काठमाडौं । सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाइडिङ दुर्घटना भएको छ ।

सैन्य अभ्यासका क्रममा ३ वटा प्याराग्लाइडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर पद्मोदय मोडमा खसेको हो । प्याराग्लाइडिङमा सवार तीनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएको बताइएको छ ।

सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment