माधव नेपाल भन्छन् अब एमालेतिरै हुने परिस्थिति बन्यो

२४ फल्गुन, काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् ।

“अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।”

उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए ।

“हाम्रो हृदय विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ,” उनले भने, “अब एमाले एमालेतिर हुने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्ता छ । सबै कुराहरु हेरेर अघि बढ्छौँ ।”



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment