बलपार्क र बासुलिङको पहिलो जित

२४ फाल्गुन, काठमाडौं । नेपाल पाकिस्तान फ्रेन्डसिप  टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका छन्।

धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सोमबार भएको खेलमा बल पार्क एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका हुन् ।

पहिलो खेलमा बल पार्कले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।
काठमाडौंको लागि सचिन लेखकले अविजित रहदै अर्धशतकीय पाली खेले । उनले सर्बाधिक ८१ रन जोडे भने विशाल श्रेष्ठले २७ रन जोडे ।

बल पार्कका विशाल मण्डल र शशांक अग्रवालले समान २(२ विकेट लिए ।
काठमाडौं क्रिकेटले दिएको १ सय ५७ रनको लक्ष्य  बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो ।

बल पार्कको जितमा कप्तान तथा म्यान अफ दि म्याच प्रशन्न शाक्यले अर्धशतकसहित ८५ रन जोडे । यस्तै निर्भिक पाठक र मेहूल श्रेष्ठले समान १७ रन जोडे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment