टोटनह्यामले क्रिस्टल प्यालेसलाइ‌‌ ४–१ गोल अन्तरले हरायाे


२४ फागुन, एजेन्सी । इङिलस पी्मियर लिग अन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हटस्परले क्रिस्टल प्यालेस लाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा टिमका लागि ग्यारेथ बेल र ह्यारी केनले समान २–२ गोल गरेका थिए ।बेलले खेलको २५ र ४९ औँ मिनेटमा तथा ह्यारी केनले ५२ र ७६ मिनेटमा गोल गरेका थिए । ह्यारी केनले खेलमा २ पास समेत मिलाएका थिए ।
क्रिस्टल प्यालेसका लागि भने कि‌स्टियन बन्टेकेले खेलको पहिलो हाफको इन्जरी समयमा सान्तवना गोल गरेका थिए ।

यो जीत संगै टोटनह्याम हटस्पर लिग तालिकाको छैँटोे स्थानमा छ । जसमा २७ खेल खेल्दा ४५ अंक रहेको छ । भने क्रिस्टल प्यालेस यो हार संगै तेहौँ स्थानमा छ । जसमा २८ खेल खेल्दा ३४ अंक रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabarsports
Comments (0)
Add Comment