ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड रुपैयाँको पर्यो आवेदन, कतिले भरे ?

ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा २ अर्ब ६१ करोड १९ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ११ लाख ८३ हजार ७७१ जनाले  २ करोड ६१ लाख १९ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ४.३९ गुणा बढी आवेदन हो । 

ज्योतिले फागुन २१ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment