ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

२३ फागुन, काठमाडौं । ढुक्क भएर खोप लगान प्रधानमन्त्रीको आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियानको शुभारम्भ गरेका छन् ।

उहाँले त्रिवि शिक्षण अस्पतालमा पुगेर सो खोप लगाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सो अवसरमा खोप लगाएर सहयोग गर्न सबैलाई आग्रह गरे ।

दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ ।

खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।

‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने र खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment