अविश्वास प्रस्ताव लाने/नलाने विषयमा प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै

२३ फाल्गुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहको संसदीय दलको बैठक केही बेरमै बस्न लागेको छ ।

बैठकको तयारीका लागि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दलको कार्यालयमा छलफलमा छन् । केहीबेरमै संसदीय दलको बैठक राख्ने तयारी उनीहरुको छ ।

केही बेरअघि अध्यक्षद्वय प्रचण्ड र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल तथा प्रमुख सचेतक देव गुरुङ र कृष्णभक्त पोखरेलले सभामुखसँग परामर्श गरेका थिए । परामर्शलगत्तै संसदीय दल बैठकको तयारी भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment