बायर्नको जीत : रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक


२३ फागुन, एजेन्सी ।
जर्मनी बुन्डेसलिगामा अन्तगर्त गएराति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिखले उत्कृष्ट जित निकालेको छ । खेलमा बार्यनकालागि रोबर्ट लेवान्डास्कीको ह्याट्रिक गर्न सफल भए ।

खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्ट ४–२ गोल अन्तरको पराजीत गरेको हो ।

लेवान्डोस्कीले खेलको २६ ,४४ र ९० औँ मिनेटमा गोल गरेका थिए । बायर्नका लागि थप एक गोेल लिओन गोरेट्जकाले ८८ मिनेटमा गरेका थिए ।

उता डर्टमुन्टका लागि युवा फरवार्ड एर्लीङ हालान्डले खेलको सुरुवाती समय २ र १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।


१० मिनेटमा दुई गोल गर्दै अग्रता लिएको डर्टमुन्टले खेलमा समालिन नसक्दा हार्न बाध्य भएकोे हो ।
यो जीत संगै बायर्न म्युनिकले २४ खेल खल्दा ५५ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थानमा छ ।


यो हार संगै बोरुसिया डर्टमुन्टले २४ खेल खेल्दा ३९ अंकका साथ लिग तालिकाको छैटौँ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

bundesligadigitalkhabar
Comments (0)
Add Comment