नेता प्रति जन्ताकाे विश्वास गुम्याे!

२१ फागुन, काठमाडौं । आज दिउँसो मन्त्री पौडेल आफ्नो निर्वाचन क्षेत्रमा स्थापना गर्न लागिएको औद्योगिक नगर शिलान्यासको लागि मोतीपुर पुग्ने क्रममा अन्य निर्वाचन क्षेत्रका स्थानीयले विरोध गर्दै नाराबाजी, प्रदर्शन र ढुंगामुढाको प्रयास गरेका थिए ।

आफ्नै निर्वाचन क्षेत्रमा खोल्न लागिएको औद्योगिक नगर शिलान्यासको क्रममा रूपन्देहीस्थित कार्यक्रमस्थल पुग्नुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गरेर ढुंगामुढा हुँदा पनि स्थानीय प्रशासन मौन बसेको आरोप लागेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार मोतिपुरभन्दा ९ किलोमिटर टाढाका स्थानीयले मोतिपुरमा स्थापना हुन लागेको औद्योगिक नगरको विरोध गर्दै आएका छन् ।

बहालरत अर्थमन्त्रीलाई लक्षित गरेर प्रदर्शनकारीले नजिकैबाट प्रहार गर्दा पनि स्थानीय प्रशासनले बल प्रयोग नगरी मूकदर्शक भएको स्थानीयको आरोप छ ।

प्रशासन स्रोतले भने मन्त्री स्वयमले बल प्रयोग नगर्न भनेपछि आफूहरूले संयमता अपनाएको बताएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भर्खरै गएका पिताम्बर घिमिरे हुन् । मन्च नजिक आएर ढुङ्गा हान्न थालेपछि मोतिपुरका स्थानीयले प्रदर्शनकारीलाई धेरै टाढासम्म लखेटेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment