विद्यालयहरुले समयमैं परीक्षाको कपी नबुझाउदा परीक्षाफल प्रकाशितमा ढिलाई

२१ फागुन, काठमाडौं । कक्षा ११ को आशिंक परीक्षाको परीक्षाफल प्रकाशित गर्न अझै केही समय लाग्ने भएको छ ।


विद्यालयहरुले समयमैं परीक्षाको कपी राष्ट्रिय परीक्षा बोर्डमा नबुझाएका कारण परीक्षा परीक्षाफल प्रकाशितमा ढिलाई भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले धेरै पटक विद्यालयलाई ताकेता गरे पनि विद्यालयले परीक्षाको कपी उपलब्ध गराउन नसकेको परीक्षा बोर्डले जानकारी दिएको छ ।

कपी नबुझाउनेमा केही काठमाण्डौं र केही दोलखाका विद्यालयहरु भएको स्रोतले जनाएको छ । बोर्डले के कारणले गर्दा विद्यालयले अझैसम्म पनि कपी बुझाउन नसकेकोे हो त्यसको कारण खुलाई विद्यालयलाई व्यवस्थापन समितिको निर्णय सहित छिटोभन्दा छिटो कपी बुझाउन निर्देशन दिएको छ ।

परीक्षाफल प्रकाशनमा ढिलाई हुँदा कक्षा १२ को परीक्षामा पास भएका र ११ को आशिंक परीक्षाको परीक्षाफलको पर्खाइमा रहेका विद्यार्थीहरु भने अहिले अन्यौलमा परेका छन् ।

विश्वविद्यालयले स्नातक तहको भर्ना खोलि सक्दा पनि कक्षा ११ को परीक्षाफल समयमै नआईदिंदा विश्वविद्यालयमा भर्ना हुन नपाईने अवस्था सिर्जना भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabarneb boardpartial exam late
Comments (0)
Add Comment