प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै विप्लव

२१ फाल्गुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज राष्ट्रिय सभागृहमा सँगै एउटै मञ्चमा देखिँदै छन् ।

सरकारले प्रतिबन्धित विप्लवको समूहलाई फुकुवा गरेसँगै पहिलो पटक सार्वजनिक कार्यक्रममा विप्लव उपस्थित हुन लागेका हुन् ।

सरकार र विप्लव समूहबीच वार्ता टोली बनाएर तीनबुँदे सहमति भएअनुसार आज विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चमा सम्बोधन गर्ने छन् ।

राष्ट्रिय सभा गृहमा सार्वजनिक हुनुअघि विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदैछन् । ‘सभागृहको कार्यक्रम अघि केही छलफल त गर्नुपर्‍यो त्यसैले महासचिवज्यू प्रधानमन्त्री निवास बालुवाटार जाँदै हुनुहुन्छ’ विप्लव समूहका एक नेताले भने ।

बालुवाटारमा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा भने पुगिसकेका छन् । विप्लव आज मात्रै नवलपरासीमा सार्वजनिक भएका हुन् । उनलाई चितवनबाट प्रहरीले सुरक्षासहित ल्याएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment