नेपाल बैंकमा १९२ पदमा आवेदन माग

२१ फाल्गुन, काठमाडौं । नेपाल बैंक लिमिटेडले करिब दुईसय जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक प्रबन्धक, सीएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकसहित १९२ पदमा आवेदन आह्वान गरेको हो ।

रिक्त पदहरूमा खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ । बैंकका अनुसार अनलाइन दरखास्त फारम भर्न सकिने छ ।

तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

आजदेखि चैत १२ गतेसम्म अनलाइन दरखास्त दिने समय तोकिएको छ ।

फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment