गोरखा डिपार्टमेन्ट स्टोरमा एनआइसी एशिया बैंकको क्यूआर भुक्तानी सेवा उपलब्ध

२० फागन, काठमाडौं । एनआइसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।

बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ।

जसमार्फत कम्प्युटरको स्क्रीनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सकिनेछ ।

फोन पेमा आबद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाको इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट क्यूआर कोडाबाट भुक्तानी गर्न सक्ने बैंङ्कले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment