धादिङ खानीखोलामा गाडीको ठक्करबाट महिलाको मृत्यु

२० फागुन, धादिङ। धादिङको खानीखोलामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कालिकोट घर भइ धादिङमा काम गर्दै आएका दङ्गली थापाको गएराती ५ बजे गाडीको ठक्करबाट घटनास्थलमै ज्यान गएको हो।

उक्त सवारी साधन नवलपरासी सुस्ता पूर्वको कावासेती नगरपालिकाका नगर प्रमुखको गाडी रहेको छ । उक्त सवारी साधन कावासोतीबाट काठमाडौं तर्फ आउदै गर्दा दुर्घटना भएको हो ।

नगर प्रमुख चन्द्र कुमारी पुनका अनुसार दुर्घटना बाटोको कारण भएको आफ्नो मोटर तिव्र गतिमा नरहेको जानकारी दिएकी छिन् । हामीले महिलालाई टाढैबाट बाटो मुनी देखेका थियौ कति खेर गाडीमा ठोकिन पुगिन पत्तै भएन । उक्त महिला म बसेको सिसामा ठोकिएर मृत्यु भयो ।

हामी पनि यस घट्नामा दु:खी छौ । सुन्नमा आए अनुसार उहा कालिकोट जिल्लाको बासिन्दा हुनु हुदो रहेछ । आफ्नो परिवारको गुमाउदाको पिडा सवैमा हुन्छ । हामी पनि यस शोकको घडिमा दु:खीत छौ अब, उहाँको परिवार संग बसेर थप कुरा र क्षयतिपूर्तिको विषयमा कुरा गर्छौ । मेयर पुनले भनिन् ।

मृत्तका आफ्न्त भतिज धनबहादुर थापाका अनुसार मृत्तकको लास टिचिङ अस्पतालमा पोस्टम्याटम भइकेको छ । अहिले हामी खानीखोला इलाका प्रहरीमा घट्नाको जाहेरीका आएको जानकारी दिएका छन् ।

नगरपालिकका सवारी साधन चलायक चालक अहिले जिल्ला प्रहरी कार्यालय धादिङमा नियन्त्रणमा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment