सागका पदक विजेता सम्मानित


१९ फागुन, काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङ खेलका पदक विजेता खेलाडी बुधबार सम्मानित भएका छन् ।

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट सम्मान गरिएको थियो । २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment