म्यानचेस्टर सीटीसंग वुल्भरह्याम्टन वन्डरर्स ४–१ गोल अन्तरले पराजित

१९ फागुन , एजेन्सी । गएराति भएको इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्टन वन्डरर्समाथि सहज जित निकालेको छ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको हो ।

मंगलबार राति भएको खेलमा सिटीले वुल्भरह्याम्टनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले  दुई गोल गरे ।

रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

वुल्भसका कोर्नर कोएडीले एक गोल फर्काउदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरे ।

खेलको १५ औं मिनेटमा लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो ।

यससँगै सिटीले सबै खाले प्रतियोगितामा गरि लगातार २१ औं जित निकाल्न सफल भएको छ ।

जितसँगै सिटीले लिगमा सिटीले २७ खेलमा ६५ अंक जोडेको छ ।

वुल्भस ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment