प्रतिबन्धित रेडबुल बजारमा छ्यापछ्याप्ती, इनर्जी ड्रिंक्सले हाम्राे ज्यान जान सक्छ…

१८ फागुन, काठमाडौं । सामान्य बुझाईमा ईनर्जी डिङ्क्स अथार्त उर्जा पेय पदार्थको रुपमा हेरिन्छ । त्यसैले थकान मेट्न वा सरिरमा शक्ति बढाउन सेवन गर्छन् मानिसहरु । शरिरलाई तत्कालै तन्दुरुस्त बनाउन विभिन्न प्रकारका पेय पर्दाथ बजारमा पाइन्छ तर यसले मानब स्वास्थ्यमा निक्कै नै नकारात्मक असर पार्ने अध्ययनहरुले देखाएका छन् ।

दैनिक २५० मिलीलिटर भन्दा बढी रेडबुल वा त्यो जस्तै इनर्जी ड्रिंक्स सेवन गरेमा मुटु रोगको खतरा अत्यन्तै बढ्छ। इनर्जी ड्रिंक्समा उच्च चिनीको मात्रा मिलाईएको हुनाले ईनर्जि डिङ्क्सको सेवनले चिनि रोग अर्थात् मधुमेयको समस्या निम्त्याउछ त्यस्तै इनर्जी ड्रिंक्समा मिसाईने क्याफिनले उच्च रक्तचापको खतरा, अत्याधिक टाउको दुखाई माइग्रेसन, सरीर काप्ने, निन्द्रामा समस्या, मानसिक समस्या, वाकवाकी, डिप्रेसन लगायतका, दातको समस्या समेत उत्पन्न हुन्छ ।

  • तपाईंहरुलाई थकाइ लाग्यो भने के पिउनुहुन्छ ?
  • अल्छी लाग्यो भने के पिउनुहुन्छ ?
  • अनि शरीरलाई उर्जा वा शक्ति दिन के पिउनुहुन्छ ?

यी तिन प्रश्नको जवाफ यो आउछ कि रेडबुल अर्थात इनर्जी ड्रिंक्स हो हैन त । तर अब होशियार हुनुहोस , नपिउनुहोस रेडबुल अनि नपिउनुहोस रेडबुल जस्तै अन्य आयातित इनर्जी ड्रिंक्स । किन भने तपाइलाइ मुटु रोग, चिनी रोग जस्ता थुप्रै रोगहरु लाग्न सक्छ ।

क्याफिनले बच्चाहरूको अझै विकासशील हृदय र स्नायु प्रणालीहरूलाई हानि र्पुयाउन मद्दत गर्छ । रेड बुल र अन्य इनर्जी ड्रिंक्समा मिलाइने क्याफिन एक औषधि हो जुन बच्चाहरूको लागि कहिलेपनि सिफारिस गरिँदैन । यसबाहेक, यी पेयहरू विशेष गरी रक्सीको साथ मिसिएपछि खतरनाक हुन्छन् जुन बयस्कहरुले अत्यन्तै प्रयोग गर्छन् ।

इनर्जी ड्रिंक्स मन्द विष

उता त्यस्ता इनर्जी ड्रिंक्समै लेखिएको पनि हुन्छ, गर्भवती महिला, मुटु रोगी, मधुमेह, उच्च रक्त चाप भएकाले सेवन नगर्नुहोस् । हो खुद उत्पादन गर्ने कम्पनीले सेवन नगर्नुहोस भनिरहेको छ । तर हामी एस्सो अल्छी लग्यो कि रेडबुल वा अन्य इनर्जी पिहिहल्छौ ।

हाल नेपाली बजारमा भएका इनर्जी ड्रिंक्स मध्य रेडबुल सबैभन्दा बढी बिक्रि हुने इनर्जी ड्रिंक्स हो । यो बाहेक र्मोटोन,चाब्बा, जिन्जर एली भनेर बेचिने सेरेने, चुपीज्, क्याविन्ज रब्डी, ब्रिटभिक, वाईट्स लेमनेड, लगाएतका थुप्रै विदेशि ब्रण्डका इनर्जी ड्रिंक्स पाइन्छ । जुन मानब शरीरको लागि मन्द विष हो ।

हो रेडबुल र अन्य इनर्जी ड्रिंक्सहरु मानब स्वास्थ्यका लागि निक्कै हानिकारक छ । तर तपाई हाम्रो बनि सुध्रेको छैन र शक्ति बर्दक र शरीरलाई उर्जा मिल्ने भन्दै तिनै हानिकारक इनर्जी ड्रिंक्स मिठो मानि मानि सेवन गरिरहेका छौ । रेडबुल र अधिकांस इनर्जी ड्रिंक्समा समान तत्वहरू छन् जसमा पानी, चिनी, क्याफिन, केही भिटामिन, खनिजहरू पर्छन त्यस्तै गैरपौष्टिक उत्तेजकहरू जस्तै ग्यारेन्टा, टा‘रिन र जिनसेकभ्ग जस्ता केमिकल पनि मिसाइएको हुन्छ जसले तपाई हाम्रो स्वास्थ्यलाई बिगार्छ ।

एसैलाई मध्य नजर गर्दै सरकारले २० महिना अघि रेडबुल र अन्य थुप्रै इनर्जी ड्रिंक्सलाई प्रतिबन्ध लगायो । सुरुमा ब्यापारीहरुले बिरोध पनि गरे । तर अहिले उनीहरुसंग रहेको स्टक पनि सकिसकेको छ । अब त बजारमा रेडबुल र अन्य इनर्जी ड्रिंक्स देख्न पनि मुस्किल हुनुपर्ने हो । तर ठुला सुपरमार्केट देखि सामान्य पान पसलमा अहिले पनि खुलेआम बिक्रि भैरहेको छ रेडबुल ।

प्रतिबन्ध कायमै, बजरमा कसरी भेटिन्छन् ?

तपाईंहरुले र्दैनिक मिठो मानेर स्वाद लिई लिई पिउदै आउनुभएको इनर्जी ड्रिंकले तपाईलाई तागत दिएको छैन । तर उल्टै तपाई हाम्रो स्वास्थ्यमा गम्भिर असर गरीरहेको छ । हो यस्तो मानव स्वास्थ्यमा प्रत्यक्ष नकरात्मक असर गरेको भन्दै क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक र फ्लेबर सेन्थेटिक ड्रिक्सलगायत) को आयातमा सरकारले प्रतिबन्ध लगाएको डेढ वर्ष भन्दा बढी भईसकेको छ । तर विश्वका विभिन्न देशमा उत्पादन भएका क्याफिनयुक्त, फ्लेबर सेन्थेटिक युक्त ईनर्जी ड्रिंक बजारमा छयापछयाप्ती भेटिन्छन् ।

प्रतिबन्धअघि नै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे ।

तर बजारमा भने ठुला-ठुला सुपर मार्केट देखी साना खुद्रा पान पसलमा समेत विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन् ।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको लगाएको थियो ।

तर विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको इनर्जी ड्रिंक भने ल्याउन अनुमति दिएको थियो । तर सरकारले दिएको त्यही सुविधालाई व्यापारीहरुले अवसर ठानेर भन्सार छली अवैध बाटो प्रयोग गरेर प्रतिबन्धित इनर्जी ड्रिंक नेपाल भित्राउन भने छोडेका छैन्न ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको छ । उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो ।

भारतबाहेक तेस्रो मुलुकबाट चलान भएको सामान नेपाल भित्रिन ३० देखि ४५ दिन लाग्छ । अर्थात् करिब १५ महिनायता विदेशमा उत्पादित इनर्जी ड्रिंक्स एक थोपा पनि भन्सार भएर नआएको बताउने भन्सार विभाग खुल्ला सिमानाको फाइदा उठाउँदै चोर बाटो प्रयोग नेपाल गरेर भित्रिने गरेको भने स्वीकार्छ ।

तर सरकारले प्रतिबन्ध लगाएको २० महिना पछि पनि नयाँ उपभोग्य मिति भएका इनर्जी ड्रिंक्स बजारमा पाइरहनु आश्चर्यजनक छ । एका तिर सरकार इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाउने अर्को तर्फ तस्करीहरुले चोर बाटो हुँदै नेपाल भित्रयाई रहने यो हेर्दा लाग्छ की सरकार र तस्करहरुले मुसो बिरालाको खेल जस्तै लुकामारी गरीरहेका छन ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयलले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र यस्तै प्रकारका , फ्लेबर सेन्थेटिक युक्त पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको थिएन । तर स्वास्थ्यमा हानी पुर्‍याउने यस्ता सबै पेय पदार्थमाथि प्रतिबन्ध लगाइए पनी तर बजारमा खोजे जती पाईरहेको छ ।

रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर तस्करहरुले भन्सार छलेरै भए पनी बजारको माग अनुसार पुर्‍याई रहेका छन् ।

करोडौंको आयात

भन्सार विभागको तथ्याकं
भन्सार विभागको तथ्याकं हेने हो भने आर्थिक वर्ष २०७५/०७६ मा दुई अर्ब ३९ करोडको इनर्जी ड्रिंक्स आयात भएकोमा थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५३ करोडको मात्र भित्रिएको थियो । तर चालु आर्थीक वर्षमा वैध बाटो भएर एक थोपा पनी इनर्जी ड्रिंक्स आयात भएको छैन । आयातमा प्रतिबन्ध भए पनि अहिले बजारमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै किन्न पाइन्छ ।

२० महिनाअघि आयातमा प्रतिबन्ध लागिसकेको इनर्जी ड्रिंक्स बजारमा भेटिएको सम्बन्धीत निकायहरु निी स्विर्कादै आएका छन । पसलमा रेडबुल ब्रान्डको इनर्जी ड्रिंक्स खरिद गर्दा उत्पादन मिति २०१९ सेप्टेम्बर २१ उल्लेख थियो ।

यो नेपालले आयातमा प्रतिबन्ध लगाउनुभन्दा तीन महिनापछि उत्पादित सामान हो । रेडबुल आयात गर्ने कम्पनीका अधिकारीले आफ्नो मौज्दात पहिल्यै सकिएको बताए थिए । रेडबुल एउटा उदाहरण मात्र हो । अरू इनर्जी ड्रिंक्सको अवस्था पनि यस्तै हो ।

हाल बजारमा उपलब्द रेडबुल, र्मोटोन,चाब्बा, जिन्जर एली भनेर बेचिने सेरेने, चुपीज्, क्याविन्ज रब्डी, ब्रिटभिक, वाईट्स लेमनेड, लगाएतका विदेशि ब्रण्डका इनर्जी ड्रिंक्स भन्सार बाट नभित्रीय पनी बजारमा छयापछयाप्ती पाईन्छ ।

जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रा राम्रा ऐन कानुन बनाउने तर लागु नगर्ने प्रवृतीका कारण यस्ता खालका अवैध धन्दा दिन प्रतीदिन मौलाउदै गईरहेका छन । तपाई हाम्रो समाजमा ।

अनुगमन फितलो

दशैं तिहार जस्ता ठुला पर्वलाई लक्षित गरी दाल चामल, नुन तेल जस्ता खाद्यय बस्तुको बजार अनुगमान गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग यसरी बजारमा तस्करी गरेर ल्याईएका इनर्जी ड्रिंक्स खुलेयाम विक्री वितरण भईरहदा समेत विभागले यस सम्बन्धी एउटा पनी अनुगमन नगर्नु आश्चर्यजनक नै छ ।

हुनत प्रतिबन्धति वस्तु आयातमा रोक लगाउले पहिलो पोईन्ट भनेको भन्सार नै हो । तर भन्सार छलेर अवैध बाटो प्रयोग गरी चोरी तस्करी गरेर इनर्जी ड्रिंक्स भित्रिएकै छ ।

यसरी भन्सार छलेर ल्याइएका इनर्जी ड्रिंक्स बजारमा छयाप्छयाप्ती भेटीएको सत्य आन्तरिक बजार नियमन गर्ने अख्तियारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि स्वीकार्छन् ।

विदेशी इनर्जी ड्रिंक्स बजारमा भेटिइरहेको रिपोर्ट विभागस‍ँग पनि नआएको भने होइन तर विभागले अहिले सम्म इनर्जी ड्रिंक्स काँहा बाट आउछ कसरी आउछ भनेर अनुगमन गरेकै छैन । यस विषयमा सचिवस्तरमै कुरा उठिसकेको छ । र यही विषयलाई लियर पटक पटक छलफल पनी भएका छन तर बजार अनुगमन नहुँदा कालोेबजारी गर्ने र चोरी तस्करीको बाटो हुदै नेपाल भित्रिने इनर्जी ड्रिंक्स ठुलो मात्रामा भित्रीरहेको छ । यस्तो प्रवृती दिन प्रतिदिन मौलाइरहेको छ । २० महीना अघी आयातमा प्रतिबन्ध लागेको वस्तु बजारमा नभेटिनुपर्ने विभागको सामान्य बुझाई तर बजारको अवस्था भने त्यस्तो छैन ।

त्यतीबेलै इनर्जी ड्रिंक्सको आयातमा संलग्न ठूला व्यवसायीहरू आफ्नो स्टक उहिल्यै सकिएको बताउने गर्थे तर आइतबार खुद्रा पसलमा रेडबुल ब्रान्डको इनर्जी ड्रिंक्स खरिद गर्दा उत्पादन मिति २०१९ सेप्टेम्बर २१ उल्लेख थियो । यो नेपालले आयातमा प्रतिबन्ध लगाउनुभन्दा तीन महिनापछि उत्पादित सामान हो ।

रेडबुल आयात गर्ने कम्पनीका अधिकारीले आफ्नो मौज्दात पहिल्यै सकिएको समेत बताए तर । आधकिारीक च्यानल बाट नआएको इनर्जी ड्रिंक्स बजारमा कसरी आयोत ? प्रश्न गम्भिर छ । दैनीक बजार अनुगमन गर्ने र धेरैलाई कारवाही गरेको दावि गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नजर अवैध रुपमा कारोबार भईरहेको इनर्जी ड्रिंक्समा अझै पुग्न सकेको छैन ।

हो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक सुवेदी पनी प्रतिबन्धित इनर्जी ड्रिंक्स अर्कै वस्तुको आवरणमा भन्सारबाटै भित्रिएको आशंका गर्छन् । तर आयातकर्ता व्यवसायी भने प्रतिबन्धित वस्तु वैधानिक बाटोबाट भित्रिने सम्भावना नहुने बताउँदै आएका छन ।

भन्सारकै बाटो भएर भित्र्याउने भनेको झुक्याएर हो । अर्कै वस्तु भनेर ल्याउँदा मात्र त्यो सम्भव हुन्छ । तर एलसीलगायत थुप्रै प्रक्रिया पूरा गरेर ल्याउँदा त्यस्तो सम्भावना देखिँदैन,’ आयात निर्यातकर्ता व्यापारीहरूको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले पनी यसो भनीरहेको छकी थोरै परिमाणमा भए झुक्याउन सम्भव होला, तर कन्टेनरमा ल्याउने सामानमा त्यस्तो सम्भावना नदेख्ने बताउदै आएका छन ।

आधिकारिक रूपमा सामान ल्याउँदा धेरै प्रक्रिया पूरा गर्नुपर्छ । तर बजारमा भेटिएको प्रतिबन्धित इनर्जी ड्रिंक्स अवैध बाटोबाट आएको हा । खुला सीमा भएकै कारण तस्करीमार्फत भित्रिएको दावी छ उनीहरुको छिमेकी देश भारतमा इनर्जी ड्रिंक्समा प्रतिबन्ध नभएका कारणले तस्करीहरुले पनी नेपाली बजारमा छयाप्छयाप्ती फिजाएका छन ।

खुल्ला सिमानाको फाईदा उठाउदै । अवैध कारोबार रोक्ने जिम्मेवारी वाणिज्य विभागको नभए पनि अनुगमनका क्रममा ठूलो परिमाणमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स भेटिएकाले निगरानी गर्न निर्देशन दिएको जिकीर विभागको छ । ‘अवैध आयात रोक्ने काम हाम्रो जिम्मेवारीमा पर्दैन, ठूलो परिमाणमा भेटियो भने हेर्नु भन्ने गरेका छौं,’ महानिर्देशक सुवेदी भन्छन् ।

बजारको मागअनुसार स्वदेशमै उद्योग खोल्न प्रोत्साहन गर्न सरकारले इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाएको हो अहिले स्वदेशमै इनर्जी ड्रिंक्स उत्पादन हुन थालिसकेको छ । तर स्वदेशमै उत्पादन भएका वाउ जस्ता इनर्जी ड्रिंक्समा पनी सरकारले प्रतीबन्ध लगाएको रसायनहरु क्याफिन फ्लेबर सेन्थेटिकनै प्रयोग गरेर बनाईएका छन ।

विश्वचर्चित विदेशी ब्रान्ड भने अनधिकृत रूपमा आइरहेका छन् । जब सम्म सम्बनधीत निकायले प्रभावकारी बजार अनुगमन गर्दैनन र दोषीलाई कडा कारवाही नगरे सम्म तस्करी र कालोबजारी मौलाइरहने छ । स्राेतः खबर भित्रकाे खबरले तयार पारेकाे प्रतिवेदनमा आधारीत।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment