नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा सर्वाधिक कारोबार

१८ फागुन, काठमाडौं । मंगलबारको कारोबारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भैरहेको छ ।

सोमबार पनि सर्वाधिक रकमको कारोबार यसै कम्पनीले गरेको थियो ।

सोमवार रू. ४४ करोड ४८ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको यस कम्पनीको मंगलवार डेड घण्टाको कारोबार अवधिसम्म रू. १० करोड ६ लाख ४२ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो अवधिसम्म बजारमा कुल रू. १ अर्ब २५ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको शेयर कारोबार भैरहेको कम्पनीको शेयरमूल्य भने यो अवधिसम्म प्रतिकित्ता रू. ६ ले घटेर रू. ५२३ मा झरेको छ ।

यस अवधिसम्म कम्पनीको १ लाख ७ हजार १८४ कित्ता शेयर खरिद गर्ने माग छ भने ८३ हजार ६४७ कित्ता शेयर विक्री गर्ने माग रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarmaximum shellshareshare maket
Comments (0)
Add Comment