किसानले अब एपमार्फत कृषि बजारको जानकारी लिन सक्ने

१७ फाल्गुन, काभ्रे । नमोबुद्ध नगरपालिकाका किसानले अब मोबाइल एपमार्फत कृषि उत्पादन तथा बजारसम्बन्धी जानकारी पनि पाउने भएका छन् । यसका लागि नगरलाई गैरसरकारी संस्थासमेतले ‘जीओ कृषि एप’ सहयोग गरेका छन् ।

“किसानलाई मोबाइल एपमै विज्ञबाट सेवा उपलव्ध गराइनेछ”

नगरपालिका, इसिमोड, सिप्रेड र पाथवेको सहकार्यमा डिजिटल कृषि सूचना केन्द्र, सरल कृषि विस्तार सेवा (जिओ कृषि एप) हस्तान्तरण भएसँगै अब किसानले प्रविधिको प्रयोग गर्दै कृषि व्यवसायलाई थप व्यवस्थित र उत्पादनमूलक बनाउन सक्ने भएका हुन् ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्राप्त सेवालाई ११ वटै वडाका लागि सेवा हस्तान्तरण गर्नुभएको छ । उनका अनुसार यो सेवा शुरु भएसँगै ‘डिजिटल नमोबुद्ध’ अभियान नै एक कदम अघिबढेको छ ।

सो सेवाबाट नमोबुद्धका किसानले आफूले कुन समयमा कुन बाली लगाउने भन्नेबारे मोबाइल एपमार्फत नै जानकारी पाउनेछन् भने दैनिकरुपमा बजारभाउको जानकारी पनि दिन सक्नेछन् । यस्तै बाली लगाउने क्रममा कुनै समस्या आए त्यसको समाधान गर्न रोग कीरा देखापरेमा त्यसलाई नियन्त्रण गर्ने उपायसमेत मोबाइलमार्फत नै किसानले जानकारी पाउनेछन् ।

नगरप्रमुख तिमल्सिनाले भने । एपमा किसानदेखि प्राविधिक र बजारसम्म समेटिएको जिओ कृषि इन्क्युवेसन सेन्टरका कार्यक्रम निर्देशक रादिप तण्डुकारले जानकारी दिए । उनका अनुसार किसानले कहाँ, कसरी के रोप्ने र कसरी बिक्री गर्ने भन्नेबारे सबै जानकारी एपमार्फत नै पाउनेछन् । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment