इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि दाबेदार एसी मिलानको जित

१७ फागुन, एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि दाबेदार एसी मिलानले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


रोमाको मैदानमा मिलानलाई जित दिलाउन फ्रान्क केसी र एन्ट रेबिकले एक एक गोल गरे ।

रोमाका जोर्डन भेरेटआउटले एक गोल फर्काए । खेलको ४३ औं मिनेटमा फ्रान्कले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा रोमाका जोर्डनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, खेलको ५८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।

जितसँगै मिलानले शीर्ष स्थानको इन्टरविरुद्धको अंक दुरी घटाउन सफल भएको छ । दोस्रो स्थानको मिलानले २४ खेलमा ५२ अंक जोडेको छ ।

शीर्ष स्थानको इन्टरले ५६ अंक रहेको छ । रोमा ४४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment