प्रधानमन्त्रीको चिन्ता : आफूमाथि शारीरिक आक्रमण हुनसक्ने

 १७ फागुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

यदी आफूमाथि शारीरिक हमला भएर ज्यान तलमाथि पर्‍यो भने पनि अनौठो नमान्न सबैलाई आग्रह गरे ।तर आफ्नो पार्टी र आन्दोलन अन्त्य नहुने उनको भनाइ थियो ।

पोखरामा सोमबार दिउँसो आफ्नो पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । यस क्रममा उनले आफूमाथि निरन्तर आक्रमण बढेको र त्यो आक्रमण शारीरिक आक्रमणकै तहमा पुग्नसक्ने दावी गरे ।

‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन । म माथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने।

यसवाहेक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आफूमाथि झुटा आरोप लगाएको पनि उनको दावी छ ।

यस्तै आफूलाई प्रक्रिया अनुसार पदबाट हटाउन समेत दाहाल-नेपाल समूहलाई चेतावनी दिए ।
 



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment