सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो

१७ फागुन, काठमाडौैं । सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ८८ हजार २५० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ । 

 यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८७ हजार ८५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment