पुर्व मन्त्री दम्पतीको अनौठो संयोग : ६४ वर्ष सगै मरण पनि सगै

यस्तो प्राकृतिक मृत्यु संयोग मिलेको दुर्लभै थाहा लाग्छ मायाँकाे उपज पनि हाे।

१७ फागुन, काठमाडौं । यो दम्पतीले ६४ वर्ष सँगसँगै बिताएको थियो। पिताम्बरध्वज ८७ वर्षका र उनकी पत्नी शिवकुमारी ८३ वर्षकी थिइन्‌।

उनी वि.सं. २०२९ साल वैशाख ४ गते कीर्तिनिधि विष्टको सरकारमा गृह पञ्चायत राज्यमन्त्री नियुक्त भएका थिए। यस्तै, २०३२ साल वैशाख १ गते नगेन्द्रप्रसाद रिजालको सरकारमा निर्माण यातायत राज्यमन्त्री, २०३३ साल भाद्र १७ गते डा. तुल्सी गिरिको सरकारमा स्वास्थ्यमन्त्री र २०३४ भाद्र २७ गते कीर्तिनिधि विष्टको सरकारमा उद्योग वाणिज्य मन्त्री नियुक्त भै २०३५ मंसिरसम्म सरकारमा रहेका थिए।

​वि.सं. १९९१ साल असारमा पाल्पाको गैरी गाउँमा जन्मेका खाती २०२१ देखि २०३५ सम्म ३ पटक पाल्पा जिल्लाबाट राष्ट्रिय पञ्चायतको निर्वाचित भएका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment