साउथ मूभी ‘थिरिमाली’मा अनुबन्धित भइन् स्वस्तिमा खड्का

१६ फाल्गुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ भारतिय चलचित्र ‘थिरिमाली’मा काम गर्ने भएकी छन् । ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुने चलचित्रका लागि निर्माण युनिट र स्वस्तिमाबीच कागजी सम्झौता भएको हो ।

चलचित्रमा अनुबन्धित भएर फर्किएपछि स्वस्तिमाले यो चलचित्रबाट आफूले धेरै कुरा सिक्ने बताएकी छन् । उनले यो चलचित्रले आफ्नो करिअरमा थप इँटा थप्ने समेत बताएकी छन् ।

यो चलचित्र दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज र नेपालका तर्फबाट अनन्या फिल्मसले निर्माण गर्नेछन् ।

नेपालको काठमाडौं र मुस्ताङमा छायांकन हुने यो चलचित्रमा स्वस्तिमासँगै विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाठ्टी, हरेश कनारान, आना रेश्माले शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment