डिजिटल बैंकिङ प्रयोग गर्नुस्, नलजाई सिक्नुस्ः गभर्नर अधिकारी

१६ फाल्गुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकअर्कामा सोधेर नजानेको कुरा सिकेर आम नेपाली नागरिकलाई डिजिटल बैंकिङमा प्रवेश गर्न आग्रह गर्नुभएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले एकदुई जनाले मात्रै डिजिटल बैंकिङ प्रयोग गरेर क्यासलेस कारोबार हुन नसक्ने बताउनुभयो । उहाँले गाउँगाउँसम्म डिजिटलाइजेशन गर्नका लागि सबै बर्गले क्यूआर कोर्ड मार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कतिपयले डिजिटल सिस्टम चलाउन कठीन मानेको प्रशंग उठाउँदै गभर्नर अधिकारीले नजानेको कुरा एक आपसमा सोधेर, बुझेर अर्कोसँग सिकेर अगाडि बढ्न अफ्ठेरो मान्न नहुने उल्लेख गर्नुभयो ।

बैंकिङ क्षेत्रमा डिजिटलाइजेशनका लागि आफू समर्पीत भएर लागेको उल्लेख गर्दै डिजिटलाइजेशनबाट खर्च कम हुने, छिटो काम हुने, समयको बचत हुने, धेरै काम हुने तथा सजिलो र पारदर्शीता हुने उहाँको भनाई छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment