ओली प्रधानमन्त्रीको पदमा रहने सबै आधार समाप्त : भीम रावल

१५ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार राति ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको प्रधानमन्त्री पदमा रहने सबै आधार समाप्त भएको तर्क गरेका हुन् । सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी भएको प्रमाणित गरेको उनले उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाईसमेत दिएका छन् । ‘‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ । उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन् । तुरून्त राजीनामा गर्नुपर्छ । प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई !,’’ स्थायी कमिटी सदस्य रावलले ट्वीटमा लेखेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment