सन्दीप लामिछाने हिडे पाकिस्तान सुपर लिग खेल्न

१५ फाल्गुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रीकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ( पिएसएल ) खेल्ने भएका हुन ।

सन्दीपको व्यवस्थापन सम्हाल्दै आएका रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपको सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई भित्र्याएको हो । सन्दीप शनिबार कतार एअरवेजमार्फत दोहा हुँदै प्रतियोगिता स्थल कराँची पुग्नेछन् ।

यसअघि सन्दीपले पिएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा थिए । ड्राफ्टमा नेपालबाट सन्दीपसहित पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सहभागी थिए ।

लाहोर कलन्दर्सले जारी प्रतियोगितामा ३ खेल खेल्दै २ जित र १ हारको नतिजासहित अंक तालिकामा तेस्रो स्थानमा छ । लाहोरले आइतबार कराची किंग्ससँग खेल्दैछ । सन्दीपले कहिलेदेखि खेल्ने भन्नेबारे प्रष्ट भएको छ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment