पृथ्वी शावले २२७ रनको पारी खेल्दा तोडियो १० बर्षे रेकर्ड

१४ फागुन, काठमाडौं । भारतीय युवा ब्याट्सम्यान पृथ्वी शावले इतिहास रचेका छन् । एकदिवसीय क्रिकेटको एक म्याचमा कप्तानको रूपमा सर्वाधिक रनको पारी खेल्दै इतिहास रचेका हुन् ।

पृथ्वीले भारतमा जारी विजय हजारे ट्रफीअन्तर्गत पुडुचेरीविरुद्ध अविजित २२७ रनको पारी खेल्दै यो उपलब्धि हासिल गरे ।

मुम्बईको कप्तानको रूपमा खेल्दै उनले १५२ बलमा २२७ रनको पारी खेलेका थिए । अब उनी भारतको तर्फबाट एकदिवसीय क्रिकेटको एक म्याचको कप्तानीको रूपमा ठूलो इनिङ्स खेल्ने पहिलो खेलाडी बनेका छन् । योसँगै उनले पूर्वभारतीय ब्याट्सम्यान वीरेन्द्र सहवागको कीर्तिमान तोडेका छन् ।

सहवागले सन् २०११ मा वेष्ट इण्डिजविरुद्ध २१९ रनको दोहोरो शतकीय पारी खेलेका थिए । सो खेलमा उनी भारतीय टिमको कप्तानी गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment