जीवन बिमा कम्पनीहरुको नाफा आक्रामकरुपमा विस्तार

१४ फागुन, काठमाडौं । नेप्सेमा सूचीकृत ९ जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफा लगायतका प्रमुख सूचकमा सुधार भएको छ । त्यस्तै, यसै वर्ष आइपीओ जारी गरेका २ कम्पनीहरु प्रभु लाइफ र रिलायन्स लाइफले पनि आक्रमाक रुपमा बजार विस्तार गरेका छन् ।

विशेषगरी जीवन बिमा कोष, खुद बिमा शुल्क तथा नाफामा जीवन बिमा कम्पनीहरु एग्रेसिभ हिसाबले अघि बढेको देखिन्छ । नाफा सुधार हुँदै जानु, प्रतिसेयर आम्दानी वृद्धि हुनु पनि सकारात्मक पक्ष हो । यस्तै, नयाँ कम्पनीहरुको प्रगति पनि आकर्षक देखिएको छ ।

बिमा कम्पनीको अवस्था कस्तो छ…
५ जीवन कम्पनीको चुक्ता पुँजी बढ्यो चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ कम्पनीको चुक्ता पुँजी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ ।

यसको पुँजी ११०.५०% ले बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । यसै वर्ष शतप्रतिशत हकप्रद सेयर जारी गरेकाले पनि यसको चुक्ता पुँजी निकै बढेको हो । सबैभन्दा धेरै चुक्ता पुँजी भने नेपाल लाइफ इन्सुरेन्सको ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ रहेको छ । 


७ कम्पनीको जगेडा कोष वृद्धि  
चैत मसान्तसम्म आइपुग्दा ७ वटा जीवन बिमा कम्पनीको जगेडा कोष वृद्धि भएको छ । यसअवधिमा नेपाल लाइफ र प्राइम लाइफको जगेडा कोष भने घटेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । यसको जगेडा कोष १०१.२२% ले बढेर २८ करोड ४१ लाख ९ हजार रुपैयाँ पुगेको छ । धेरै जगेडा कोष भने नेसनल लाइफ इन्सुरेन्सको रहेको छ । यसको जगेडा कोष ८०.७९% ले बढेर १ अर्ब २४ करोड ८६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

९ वटै कम्पनीको जीवन बिमा कोष वृद्धि  
नेप्सेमा सूचीकृत ९ वटै जीवन बिमा कम्पनीको जीवन बिमा कोषको आकार थप बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा यी कम्पनीहरुको जीवन बिमा कोषको आकार बढेको हो । सबैभन्दा धेरै जीवन बिमा कोष बढाउनेमा प्रभु लाइफ इन्सुरेन्स परेको छ । यसको जीवन बिमा कोषको आकार १७७.२३% ले बढेर १ अर्ब ४३ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै जीवन बिमा कोष नेपाल लाइफ इन्सुरेन्सको १ खर्ब १ अर्ब २८ करोड ६५ लाख ४३ हजार रुपैयाँ रहेको छ । 

९ वटैको नाफा बढ्यो 
दोस्रो त्रैमाससम्म आइपुग्दा ९ वटै कम्पनीको खुद नाफा वृद्धि भएको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । यसको नाफा १२५.२९% ले बढेर ८ करोड ८ लाख ४७ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा भने नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको नाफा २२.४७% ले बढेर ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । 

९ वटै जीवन बिमा कम्पनीको खुद बिमा शुल्क बढोत्तरी  
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ वटैको खुद बिमा शुल्क बढेको छ । यसअवधिमा सबैभन्दा धेरै खुद बिमा शुल्क बढाउनेमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क २ अर्ब ११ करोड ४ लाख २४ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क २२.८३% ले बढेर १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । 

५ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो 
पुस मसान्तसम्ममा ५ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा सूर्या लाइफ इन्सुरेन्स छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १८ रुपैयाँ ६८ पैसा छ । नेपाल लाइफ र गुराँस लाइफ इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । यता, प्रभु लाइफ र रिलायन्स लाइफले यसैवर्ष आइपीओ जारी गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा उल्लेख छैन । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment