काठमाडौँमा फेरि देखियो बर्डफ्लु, १२ हजार कुखुरा नष्ट

१४ फागुन, काठमाडौं । काठमाडौँको  तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ ।  

पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।  पशु सेवा विभागका प्रवक्ता ढकालले आज ९शुक्रबार० बिहान नेपालखबरसँग भने, ‘अहिले हामी ९केन्द्रीय बर्डफ्लु समन्वय समितिको० बैठक बसिरहेका छौं । केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’

तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो। अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment