अभियान्ता सागर लामिछानेद्वारा शैक्षिक सहयोग

१३ फागुन, चितवन (कालिका) । चितवनका सामाजिक अभियान्ता सागर लामिछानेले आफ्नी छोरो सायाको जन्मदिनको अबसरमा गरिव तथा विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सहयोग गरेका छन् ।

अभियान्ता सागर लामिछाने

लामिछानेले कालिका नगरपालिका वडा नं २ पदमपुरमा रहेको आधारभूत विद्यालय सहपुरमा अध्ययन गर्ने ६० जना गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरेका हुन ।

विद्यालयमा आयोजित कार्यक्रममा सामाजिक अभियान्ता लामिछाने, उनकी धर्मपत्नी सविता लम्साल लामिछाने र बुवा जगत बहादुर लामिछानेले सयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष सोमबहादुर गुरुङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा,सहायक प्रधानाध्यापक नेत्र प्रसाद शर्मा, समाजसेवी विष्णुप्रसाद अधिकारी,सहाराको घरकी सञ्चालिका कुसुम अधिकारी,कलाकार पवन न्यौपाने,विद्यालयका सल्लाहाकार समितिका संयोजक लेखनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए ।

गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग

विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद घितालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय परिसरमा केक काटेर सायाको जन्मदिन मनाइएको थियो । विद्यालयका शिक्षक हेमराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेपाल भरीका विद्यालयकाहरुम एउटा नयाँ अद्याय सुरु गर्ने सपना बोकेर शिक्षामा नयाँ आयाम भित्राउने अभियानको सुरुवात गरेका छन् । यो नेपाल मै नयाँ शिक्षा नीति हो ।

यसै लक्षलाई लिएर आज छोरी सायाको जन्मदिन पारेर ६० जना गरिब असहाय र १२ जना जेहन्दार बिध्यार्थीहरुलाई कपि र कलम तथा सहारा घरका अनाथ नानिहरुको लागि स्टेसनरी तथा ब्रेन ट्युमर समिता श्रेष्ठको उपचारको लागि ६०००, साथै शिक्षकहरुलाई उपहार र पत्रकारहरुलाई डायरी र कलम बितरण गरि मनोबल उच्च पार्ने काम गरेका थिए।

सागर बिगत लामाे समय देखि सामाजिक अभियान्तामा लागेका हुन्। उनकाे मनकारी मन र सामाजिक उत्तरदाइत्वमा पनि निकै उत्तसाहाका साथ लागि परेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment