काठमाडौं मेयर कप क्रिकेट फाल्गुन फाल्गुन २२ देखि

१२ फाल्गुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले सञ्चालन गर्ने काठमाडौं मेयर कप, २०७७ फाल्गुन २२ देखि हुने भएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आगामी फाल्गुन २२ देखि २९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ५ टोलीले सहभागिता जनाउने छन् । माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बाग्मती प्रदेश सँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ ।

महानगरको टोली प्रधानमन्त्री कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर तयार हुनेछ । टोलीहरुले सिंगल राउन्ड रोबिनमा खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment