नेपालमा बलत्कारको डर लाग्दो तथ्यांक

०९ फागुन, काठमाडौं । नेपालमा हुने बलत्कारका घटना हेर्ने हो भने निक्कै डरलाग्दो तथ्यांक छ । प्रहरीको पछिल्लो तथ्याङक हेर्नेहो भने हरेक घर बाट निस्कीएका तपाइँ हाम्रा छोरीहरु मध्य प्रत्यक दिन ६ देखी ७ जना छोरीहरु बलात्कृत हुने गरेका रहेछन ।

कतिपय छोरीहरु त बलात्कृत मात्रै होइन बलात्कृत भएकै कारणले ज्यान समेत गुमाउनु परेको काहाली लाग्दो अवस्था छ हाम्रो । पछिल्लो ६ वर्ष आर्थिक वर्ष २०७०/७१ देखि २०७६/७७ सम्म बलत्कारका घटनाको तथ्याङक हेर्दा हाम्रो देशमा बलात्कारको घटना दोब्बर भएको देखिन्छ ।

त्यस्तै चालु आर्थीक वर्षको पुष मसान्त सम्म मात्रै १ हजार दुई सय ६० वटा बलत्कारका घटना भएका छन । नेपालमा वार्षीक कती बलत्कारका हुन्छन भनेर त्यसको तथ्यांक हेर्ने हो भने अत्यन्तै डर लाग्दो छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/२०७१ मा ९०५ वटा बलत्कारका घटना भएको थियो ।त्यस्तै आर्थिक वर्ष २०७१/७२ मा ९ सय ८१ जना बलात्कृत भएका थिए । आर्थिक वर्ष २०७२/७३ मा १ हजार ९३, बलात्कारका घटना भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा १ हजार १ सय ३७ छोरी बलात्कारको शिकार भए । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ८० बलात्कारको घटना भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा २ हजार २ सय ३३ बलत्कारका घटना भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा दुई हजार १ सय ४४ बलत्कारका घटना भएका थिए । आर्थिक वर्ष २०७०/७१ तुलनामा आर्थिक वर्ष २०७६/७७ मा बलत्कारका घटना दोब्बर गतिमा वृद्धि भएको छ । त्यस्तै चालु आर्थिक वर्षको पुष मसान्त सम्म मात्रै हेर्ने हो भने १ हजार दुई सय ६० वटा बलत्कारका घटना भैसकेका छन् ।

हो यो तथ्यांक हेर्दा लाग्छ कि महीला हिंसा कम गर्नको लागी सरकार र एनजिओ अनि आइ इन जिओले जतीसुकै जनचेतनामुलक कार्यक्रम गरेर अर्बौ रुपैँया खर्च गरे पनी राज्यको ढुकुटी मात्रै घट्यो तर बलत्कारका घटना भए हरेक वर्ष झन् झन् बढ्दै छन् । तथ्यांक हेर्दा डर लाग्दो अवस्था छ । के बलत्कारका घटना रोक्न हाम्रो देशको कानुन फितलो भएकै हो त ? यो प्रश्न अत्यन्तै गम्भीर छ ।

नेपालका ७७ वटा जिल्लामध्ये सबैभन्दा बढी बलात्कारका घटना देशकै राजधानी काठमाडौंमै भएको तथ्यांक छ नेपाल प्रहरी संग । काठमाडौंमा आर्थिक वर्ष २०७५/७६ मा मात्रै २ सय १० वटा बलात्कारका घटना भएका छन । प्रदेशअनुसार हेर्ने हो भने प्रदेश १ मा सबै भन्दा बढी बलात्कारका घटना भएको देखिन्छ । प्रदेश १ मा २०७५/७६ मा ५ सय ९४ वटा बलत्कारका घटना भए थिय । त्यस्तै लुम्बीनी प्रदेश मा ४ सय १ जना हाम्रा छोरीहरु बलात्कृत भएका थिय ।

प्रदेश २ मा २ सय ८० बलात्कारका घटना भएका थिय भने बागमती प्रदेशामा २ सय २५ छोरीहरु बलात्कारको शिकार भए , गण्डकी प्रदेशमा १ सय ६७ बलात्कारको घटना भएका थिय भने कर्णली प्रदेशमा १ सय ३५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६० वटा बलात्कार घटना भएको थियो । मान्छेले बलत्कार गर्छु भनेर गरेको हुँदैन । तर मान्छेको दिमागमा कती बेला पापको पारो चड्छ अनी उसले आफ्नो दानबी रुप देखाउँछ र बलत्कार गर्ने अनि हत्या गर्ने सम्मको जघन्य अपराध गरेको देखिन्छ ।

नेपालमा २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु धेरै बलात्कारको शिकार हुँदै आएको देखिन्छ । २०७५/७६ का कुल घटनामध्ये यो उमेर समूहका ७ सय ३४ महिला पीडित भएका थिए । त्यसपछि ३६ देखि ४५ वर्ष उमेर समूहका ४ सय १० जना बलात्कृत भएको देखिन्छ । १७ देखि १८ वर्ष उमेर समूहका ३ सय २८ जना अनि , १० वर्षमुनिका १ सय ६ बालिका बलात्कृत भएको देखिन्छ । त्यस्तै ११ देखि १६ वर्षका ९२ छोरीहरु बलात्कृत भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । सातै प्रदेशको अभिलेखअनुसार अपहरणपछि ४१ जना बलात्कृत भएका थिए । १० जनाको बलात्कार गरी हत्या नै भएको थियो भने दुई जनाको बलात्कारपछि हत्या प्रयास भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा दुई हजार २ सय ३० बलात्कारका घटनामा दुई हजार दुई सय २७ जना पक्राउ परेका थिए ।
आर्थिक वर्ष २०७६/७७ मा दुई हजार १ सय ४४ मुद्दा दर्ता भएका थिय । त्यसमा दुई हजार चार सय ५० जना यौन पिपाशु पक्राउ परेका थिए ।

चालू आर्थिक वर्षको पुससम्म प्रहरीमा १ हजार दुई सय ६० वटा बलात्कारको मुद्दा दायर भएका छन । प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने गत आव २०७६÷७७ मा २ हजार १ सय ४४ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए ।

यो वर्ष सुरु भएयता देशभर साउनमा मात्र २ सय ६० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । पछिल्लो तथ्यांकलाई हेर्दा साउनमा सबैभन्दा बढी बलात्कारका घटना भएको छ । बलात्कृत हुनेहरुमा प्रहरी तथ्यांकअनुसार आफन्त, बिरामी, अपांगता भएका, दुधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको सिकार हुने गरेका छन् ।

प्रहरीले तयार पारेको ग्राफिक्समा सुन्दै अचम्म लाग्ने बलात्कारका घटना समावेश छन । यतीसम्मकी ६ महिनाका शिशु देखी ७५ वर्षका वृद्धसमेत बलत्कारको सिकार भएको घिनलाग्दो अपराध प्रहरी तथ्यांकले देखाउँछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsRape Case
Comments (0)
Add Comment