प्रदेश १ सभाको बैठक आज, अविस्वासको प्रस्ताव पेश हुन नदिने रणनीतिमा ओली समुह

०९ फाल्गुन, विराटनगर । सरकारपक्षीय नेकपाको पूर्ववत् अडानबीच आज प्रदेश १ को प्रदेशसभा बैठक डाकिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुन नपाई गत माघ २५ गते स्थगित भएको प्रदेश १ प्रदेशसभाको बैठक आज बस्दैछ ।

गत पुस १२ गते नै नेकपाका ३७ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेकोमा अहिलेसम्म प्रस्ताव टेबल हुन सकेको छैन । अविश्वासको प्रस्ताव टेबुल भई प्रक्रियामा लगेर संसद् बैठक सुचारु गर्नुपर्नेमा प्रमुख विपक्षी कांग्रेससमेत सकारात्मक भएपछि सत्तासीन नेकपाले बैठक टार्ने र चल्नै नदिने रणनीति लिएको छ ।

नेकपाका प्रमुख सचेतक राजभण्डारीले संसदीय दलको विधानविपरीत आफ्नै दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध अभियान चलाउने सांसदलाई निलम्बन गरिएकाले बैठकमा सहभागी हुन दिन नहुने आफूहरूको अडान रहेको बताउँछन् ।

गत माघ २५ गतेको बैठकमा प्रस्ताव टेबल गर्ने कार्यसुची रहेको थियो । तर, बैठक सुरु हुनसाथ मुख्यमन्त्री पक्षधर सांसदहरुले उभिएर बैठकमा अबरोध गरे । त्यसपछि अप्रत्यासित रुपमा उनीहरुलाई नै सहयोग पुग्नेगरि सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशसभाको बैठक फागुन ९ गतेसम्मको लागि स्थगित गरेका थिए ।

आजको लागि तय गरिएको बैठक पनि अबरुद्ध गर्ने र अविश्वास प्रस्ताब फिर्ता नलिए प्रदेशसभा नै भंग गर्ने धम्की मुख्यमन्त्री शेरधन राईले दिदै आएका छन् ।

नेकपा विभाजनसँगै प्रचण्ड माधव समुहले मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव पेश गर्दै भीम आचार्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको छ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment