नेपाल टेलिकमको ‘रिपब्लिक डे’ अफर सार्वजनिक

१४ जेठ, काठमाडाैं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागूहुने गरी ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको हो ।

अफरमा ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर १४ जेठदेखि १६ गतेसम्म खरिद गर्न सकिनेसमेत टेलिकमको भनाइ छ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा हुने छ ।

ग्राहकले *१४१५# डायल गरी प्राप्त निर्देशनअनुसार अफर लिन सक्नेछन् । साथै कम्पनीकोे एप्प ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment