चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान

१३ जेठ, काठमाडौं। सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन्। आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्दै आएको छ।

यस पटक संसदमा नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन्। अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३।९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे।

उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।

चालू आर्थिक वर्ष कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ। यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment