सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग छलफलमा देउवा

१३ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि सभापति देउवाले पार्टी नेताहरु पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरिरहेका छन् । उनकै निजी निवासमा छलफल गरिराखेको स्रोतले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment