कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता

१० जेठ, काठमाडाैं। कुमारी बैंकले २ लाख ८७ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीहरु सन्दिप दाहालको नाममा रहेको १ लाख ६७ हजार ६४ कित्ता र चक्रधरी दाहालको नाममा रहेको १ लाख २० हजार ५०३ कित्ता सेयर गरेर कुल २ लाख ८७ हजार ५३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न चाहनेले जेठ १० गते बिहीबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment