समृद्धि फाइनान्सको नोक्सानी ६ करोड ९३ लाख, अघिल्लो चैतको तुलनामा सुधार

१२ वैशाख, काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ६ करोड ९३ लाख ७५ हजार रूपैयाँ नोक्सानीमा पुगेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशत कम हो । गत आवको चैतसम्म १३ करोड ३४ लाख ३९ हजार रूपैयाँ खुद नोक्सानीमा रहेकोमा यस वर्ष घटेको हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष इम्पेरमेन्ट चार्ज कम हुँदा कम्पनीको खुद नोक्सानी घटेको हो । गत वर्ष १२ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ४ करोड १२ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो । इम्पेरमेन्ट चार्ज घटेसँगै गत वर्ष १३ करोड ८५ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नोक्सानी यस वर्ष घटेर ७ करोड ३१ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.४९ प्रतिशतले घटेर ५ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो आवको चैत मसान्तसम्म ५ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानीमा सुधार आएको छ । कम्पनीले समीक्षा अवधिसम्म २ कररोड १० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी आर्जन गरेको छ ।

चुक्ता पुँजी ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ रहेको कम्पनीको हाल वितरणयोग्य नाफा ५ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस्तै सेयर प्रिमियममा १ करोड ९७ लाख २ हजार रूपैयाँ, रिटर्न अर्निङ्ग ५३ करोड ६१ लाख ७० हजार रूपैयाँ भन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको जगेडा कोषमा २६ करोड ५६ लाख ८० हजार रूपैयाँभन्दा बढी कायम छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेर १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा गत वर्ष १३.४९ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.२३ प्रतिशत पुगेको छ । कम्पनीको कर्मचारीका लागि ५ करोड १८ लाख रुपैयाँ र २ करोड ८५ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ ।

कम्पनीको खराब कर्जा अनुपात १३.४९ प्रतिशतबाट बढेर १७.२३ प्रतिशत पुगेको छ । यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ५३ करोड ६१ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११.३० रुपैयाँ ऋणात्मक रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment