केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार

११ वैशाख, नयाँ दिल्ली । हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन्।

सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो।

अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ। साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए। उनलाई जेलमा इन्सुलिन दिइएको छैन।

यसअघि पर्वर्तन निर्देशानालय (ईडी)ले अदालतमा केजरीवालले जानाजानी जेलमा आँप र मिठाई खाइरहेको दाबी गरेको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment