नुभिव फाउण्डेशनको तेश्रो बार्षिक उत्सव बिषेश कार्यक्रम बिच सम्मपन्न

०५ बैशाख काठमाडौं । भिमा देवि मल्टि क्रियशन प्रा.लि को आयोजनामा नुभिव फाउन्डेसनको तेस्रो बार्षिक उत्सव बिशेष कार्यक्रम बिच सम्पन्न भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १५,नुभिव फाउण्डेसन तथा भिमा देवि मल्टि क्रियशन प्रा.लि. को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


आयोजित कार्यक्रममा भीमादेवी मल्टि क्रियशन प्रा.लि द्वारा संचालित आवाजपाटि डटकम नामक अनलाइन पत्रीकाको पनि औपचारिक रुपमा शुभारम्भ गरिएको छ।


ललितपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष सुरेश बहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निर्देशक एवम् वरिष्ठ कलाकार लय संग्रौला ,चलचित्र निर्माता संघका अध्यक्ष नरेन्द्र महर्जन,वरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठी,कानुन व्यवसायी एवम् टेलिभिजन कलाकर्मी संघका पुर्व अध्यक्ष कृष्ण ढुंगाना,प्रधानाध्यापक प्रेमपति जोशी,योगमाया बिश्वबिधालयका संयोजक भवेन्द्र अधिकारी,पर्यटन व्यवसायी डा.लेखनाथ भण्डारी,उप्रेती समाजका अध्यक्ष सोभित उप्रेती,कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का लगाएत ललितपुर महानगरपालिका वडा नं १५ का सदस्य शशीकला आचार्य,वडा सदस्य बैकुण्ठ राउत,संचारकर्मी डब्बु क्षेत्री,चलचित्रकर्मी एवम् व्यवसायी गोबिन्द ढुंगाना,उप्रेती समाजका केन्द्रिय सदस्य सचित उप्रेती,हरि प्रसाद उप्रेती,नुभिव फाउन्डेसनका आजिवन सदस्य बासुदेव खनाल,समाजसेवी पार्वती ओडारी सिटोैला ,नुभिव फाउन्डेसनका कार्यकारी अध्यक्ष नुभिवा उप्रेती लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार एवम् निर्देशन लय संग्रौलाले एउटा उदाउँदो कलाकार लाई किन मारियो भन्ने अहिले पनि रहस्यमय नै छ। हाम्रो देशमा कानुनी राज्य भएता पनि जनताले अहिलेसम्म त्यो आभाष नभएको बताएका छन् ।देशको मुख्य राजनीतिकर्मी नै आर्थिक अपचलन गरेर आफैं मुख्य जिम्मेवारीमा बसेकोले गर्दा आम नागरिक निराश हुन् पर्ने अवस्था सिर्जना भएको बताए ।


कार्यक्रमका विशिष्ट अतिथि कानुन व्यवसायी एवम् टेलिभिजन कलाकर्मी संघका पुर्व अध्यक्ष कृष्ण ढुंगानाले कलाकार मैनालीको छोरा नुभिव उप्रेतीको न्यायको लागि कलाकार संघ बाट बलियो न्यायको आवाज नआउनु दु:खद कुरा भएको बताए। उनले कलाकार संघ बाट अहिले पनि न्यायको लागि पहल कदमी चाल्न आवश्यक रहेको बताए।
कार्यक्रममा अर्का विशिष्ट अतिथि वरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठीले नुभिवको मुद्दा अहिले पुनरावेदनमा गइसकेको र त्यस बाट न्याय नभए सर्बोच्च सम्म गएर भएपनि मैले नुभिवको हत्यारालाई जन्मकैद सम्मको सजाय दिलाने प्रतिबद्धता जनाएका थिए। त्यस्तै चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खडकाले नुभिव उप्रेतीको न्यायको लागि कलाकार संघले थप पहल थाल्ने बताएका थिए।

कार्यक्रमको अन्त्यमा बोल्दै भिमा देवि मल्टि क्रियशन प्रा.लि. का अध्यक्ष एवम् कार्यक्रमका सभापति भिमा देवि मैनालीले आवाज बिहिनहरुको आवाजका लागी हामीले आवाजपाटि डटकम नामक अनलाइन पत्रीका खोल्ने निर्णय गरेका छौ। नुभिवको न्यायको खोजीमा हिन्दै गर्दा मिडिया क्षेत्र बाट ठुलो सहयोग पुगेको र आवाज पाटि डटकम को सुरुवात बाट नुभिव संगै अन्य आवाज बिहिनहरु संगै न्याय नपाएकाहरुको लागि लडन मद्दत पुग्ने बताए ।हामीले घोषणा गरेको चलचित्र योगमाया पनि छिटेै छायांकनमा जाने र हाम्रो नुभिव फाउन्डेसन मार्फत विभिन्न असहायहरलाई पनि सहयोग गर्दै गरेको र आगामी दिनमा पनि सहयोग कार्यलाई निरन्तरता दिने बताए ।
नुभिव फाउन्डेसन स्थापनाको इतिहास
२०७८।०१।०४ गते आज भन्दा तिनबर्ष अगाडी १८ बर्षिय नुभिव उप्रेतीको रहस्यमय तरिकाले हत्या गरिएको थियो लखेटि लखेटि १ समुहले कुटेर मरासान्न अवस्थामा पारेको सि.सि.टि.भि. फुटेज बाहिरिएपछी जिल्ला अदालत कास्कीले मनसाय पुर्वक हत्या भनि ३ जना अभियुक्तलाई थुनामा राखेको अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो तर गत बर्ष जाहेरवाला लाई सुचना नै नदिई ती अभियुक्तलाई जिल्ला अदालत कास्कीले छाडेको थियो । कलाकार र गायक कला समेतमा तल्लिन नुभिव १८ बर्षमै बिलक्षण प्रतिभाका समाजप्रेमी थिए । सेन्ट जेभियर्स स्कुलबाट १२ पास गरी आई.टी. पढ्न स्नातह भर्ना भएको तेश्रो दिनमै कलेजबाट फर्केनन् उनकै स्मृतिमा स्थापना गरिएको नुभिव फाउण्डेशनले नुभिवको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।अहिले उक्त मुद्दा पुनरावेदनमा बिचाराधिन छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment