सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि बढाउने एकीकृत समाजवादीको निर्णय

०५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूर पश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औं सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो।

पार्टीको १०औं महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक पार्टी कार्यालयमा जारी छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment