बुधबार सुनको मूल्य कति ?

०५ वैशाख, काठमाडाैं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ३९ हजार २०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको छापावाला सुन आज पनि सोही भाउमा कारोबार भइहरेको छ ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३८१ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव १४ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment