मंगलबार सुनको भाउ ऐतिहासिक बिन्दुमा कायम

०४ वैशाख, काठमाडाैं । सुनको मूल्य ऐतिहासिक बिन्दुमा कायम भएको छ । सोमबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा कायम भएको हो । यसअघि सुनको मूल्यले चैत ३० गते प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment