मौलिक व्यवसायलाई निरन्तरता दिन बैंकको जागीर बाट बिदा लिए:दिपा बुढाथोकी

३ वैशाख, काठमाडौं ।  काठमाडौंको गोकर्णेेश्वरमा जन्मिएकी दिपा बुढाथोकीको परिचय बहुआयामिक छ । बिगत २३ बर्ष देखि निरन्तर´क´बर्गको बैंकिङ सेवामा आवद्ध रहि साहायक देखि शाखा प्रबन्धक सम्म जिम्मेवारी सम्हालेकी दिपा बुढाथोकी अहिले बैंकको जागिरलाई बिट मार्दै आफ्नै व्यवसाय संचालन गरेकी छिन् ।

बैंकको जागिर संगै सामाजिक सेवामा उतिकै सक्रिय रहदै आएकी बुढाथोकीको परिचयमा एउटा नयाँ खुडकिलो थपिएको छ´ कालिका घर कि संचालिका एवम् महिला उद्यमी। झट नाम सुन्दा लाग्न सक्छ ´कालिका घर´ मन्दिर हो कि घर तर ´कालिका घर एउटा यस्तो घरको नाम हो जहाँ नेपाली मौलिक अचारका परिकार,लप्सीको तितौरा संगै,गुन्द्रुक,मस्यौराका विभिन्न परिकार बनाउने घर रहेछ।´कालिका घर´ को मुल मन्त्र नै ´जहाँ नेपाली त्यहाँ हाम्रो स्वाद´ आफैं केहि गर्छु भन्ने सोचका साथ दिपा बुढाथोकीले ´कालिका घर` नामक घरेलु उद्योग संचालनमा ल्याएकी हुन् ।

हाम्रो पुर्खाको पाला देखि खादै आएको नेपाली रैथाने खान्की परिकार लाई प्रबर्द्धन संगै मौलिक व्यवसायलाई निरन्तरता दिन यो उद्योग सञ्चालन गरेको बताइन् । घरेलु सीपको सदुपयोग मात्र गरेकी छैनन् आफु संगै दर्जनौं महिलाहरुलाई स्वरोजगार बनाउँदै उद्यमशीलताको यात्रामा आफूसँगै हिँडाइरहेकी छिन् ।

उनले यस उद्योग बाट वार्षिक साढे दुुईदेखि पाँच लाख आम्दानी गर्ने गरेको बताइन् । ‘भान्साको गहनाका रुपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ’, उनले भनिन्, हाम्रो उत्पादनहरु गुणस्तरीय र स्वादिलो भएकोले देश संगै बिदेशमा बस्ने नेपालीको पनि रोजाइमा परेको छ।
यस उद्योगको उत्पादन काठमाडौं,ललितपुर भक्तपुर,चितवन लगाएत बिदेशका अस्ट्रेलिया,बेलायत,जापान,कोरिया लगाएत विभिन्न देशहरुमा निर्यात हुने गरेको उनी बताउछिन् ।

काठमाडौं जिल्ला गोकर्णेेश्वर नगरपालिकाको नारायणटार बाट उत्पादन थालिएको´कालिका घर` उद्योगको स्थान बाट थोक तथा खुद्रा बिक्री हुनुको साथै आज भोलि अनलाइन मार्फत पनि बिक्रि थालिएको उनलेे बताइन् ।
उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, गोलभेडाको सुकुटी , डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुला लगायतका अचार संगै लप्सीको तितौरा,मुङ्ग मस्यौरा, गोलभेडाको सुकुटी लगाएत परिकार उत्पादन हुने गरेका छन् ।यहाँ उत्पादितमध्ये लप्सीको तितौरा, मुङ्ग,मास र पिडालुको मस्यौरा,सिन्की अत्यधिक लोकप्रिय छन् ।


उद्यमी बुढाथोकीको उद्योग हेर्न विभिन्न स्थानबाट महिला उद्यमी समय समयमा आउने गरेको बुढाथोकी बताउँछिन्। उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले बिस्तारै मागअनुसार उत्पादन बढाउदै लाने उनले सुनाइन्।
उनले दश जना महिलालाई रोजगारी दिएकी छिन्। यसलाई वृद्धि गर्दै २० देखि २५ महिलालाई रोजगारी दिने योजना बनाएको समेत बुढाथोकीले डिजिटल खबरलाई सुनाइन्।


’आफ्नो सोच र उद्देश्यबारे बुढाथोकी सुनाउँछिन्, ‘स्वदेशमै उत्पादित सामानलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्दा विदेशी मुद्रा पनि आर्जन हुन्छ । हाम्रो देशको मौलिक परिकार जोगाउन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै संरक्षण गर्न पनि हुन्छ।
’खास गरी जागरुक, उद्यमशील तथा क्षमतावान व्यक्तिलाई प्रेरित गर्ने, व्यवासायिक व्यक्ति उत्पादन गर्ने तथा उद्यमशीलताको विकास गर्दै नयाँ उद्यमीको विकासमा सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।


हाम्रो डिजिटल खबर प्रतिनिधिले समाजसेवी एवम् व्यवसायी दिपा बुढाथोकी सङ्ग गरेको संक्षिप्त कुराकानी ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment