सिंगटी हाईड्रोको लिलामी सेयर बाँडफाँड, सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुँदै

०३ वैशाख, काठमाडाैं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रदमा अवितरित ४६ लाख ११ हजार ५३८ कित्ता लिलामी सेयर बाँडफाँड गरेको छ । निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले चैत ३० गते उक्त लिलामी सेयर बाँडफाँड गरेको हो ।

२०८० चैत १२ गतेदेखि २०८०चैत २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद गर्न आह्वान गरिएको उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु चैत २७ गते मंगलबार खुला गरिएको थियो ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार अवितरित हकप्रद सेयरको अन्तिम मूल्य (कटअफ) १४५ रुपैयाँ निर्धारण भएको छ । कटअफ मूल्य सोमबारको बजार मूल्यभन्दा १७ प्रतिशत कम हो ।

उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षित भार (प्रोराटा) अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको हो । यस आधारमा १४६ रुपैयाँ वा सोभन्दा बढी कबुल गर्नेले माग अनुसार र १४५ रुपैयाँमा आवेदन गर्नेको हकमा आवेदन कित्ता र उपलब्ध कित्ताका आधारमा समानुपातिक रुपमा बाँडफाँड गरिएको हो ।

लिलामी सेयरको बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेवसाइटबाट हेर्न सकिने बताइएको छ ।

साथै आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी बैशाख ३ गते सोमबारदेखि थालिएको छ । बिक्री प्रबन्धकका अनुसार आवेदकले लिलामी आवेदन फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गरिने छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरि रकम जम्मा नभएको खण्डमा मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल, काठमाडौंमा सम्र्पक राख्न क्यापिटलले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment